चलचित्र लाटी प्रदर्शनको पर्खाइमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Laati-poster
शिशिर जय खरेलले त्रिलोचन सैजुसँग मिलेर निर्माण गरेको चलचित्र ‘लाटी’ को हाल पोष्ट प्रोडक्सनको कार्य भइ रहेको छ। श्रृजना फिल्म प्रालीको प्रस्तुतिमा निर्मित ‘लाटी’ले चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयका कथा खोतल्ने प्रयास गरेको छ। राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘लाटी’मा सबिना कार्की,रिभल मल्ल,जिके शर्मा,सुजल नेपाल,सुवास गजुरेल,नेत्र बिस्ट लगायतको प्रमुख अभिनय रहेको छ। पुरुषोत्तम रिमाल र प्रकाश खत्री समेतको निर्माण रहेको यो चलचित्रमा चितवन र नवलपरासी आसपासका स्थानमा छायांकन गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.