रेखाको माया कहिले स्याड कहिले ब्याड (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘कसले चोर्यो मेरो मन, ‘काली’ जस्ता सफल चलचित्रका निर्देशक सविर श्रेष्ठले आफैं निर्माण एवं निर्देशन गरेको चलचित्र ‘तथास्तु’ को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ बोलको डान्सिङ नम्बरको भिडियोमा रेखा थापा र किशोर खतिवडालाई देख्न सकिन्छ। चलचित्र ‘तथास्तु’पौष २५ गते देखि सार्बजनिक प्रदर्शनमा आउने छ।
Tathastu-rekha
बसन्त सापकोटाको संगीत रहेको ‘तथास्तु’ को सार्वजनिक गीतमा प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ भने राजेन्द्र थापाले शब्द लेखेका हुन्। उक्त गीतमा कविराज गहतराजको निर्देशन रहेको छ। नारी प्रधान सविरको ‘तथास्तु’ मा रेखा थापा, किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी मुख्य भूमिकामा देखिएका छन् । जगदिश्वेर थापाको लेखन रहेको ‘तथास्तु’ मा बाबु श्रेष्ठको छायांकन तथा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.