उच्च अकुपेन्सीका साथ हलमा ‘पिताम्बर’


काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘पिताम्बर’ले हलमा राम्रो उपस्थिति जनाएको छ । ओपनिङबाट नै उत्साहजनक व्यापार गरिरहेको ‘पिताम्बर’ ले प्रदर्शनको चौथो दिन अर्थात् सोमबार उच्चा सो सहित सफल यात्रा तय गरिरहेको छ । नयाँ वर्ष २०८२का दिन देशभर १ सय ८५ बढी सो सङ्ख्या सहित चलिरहेको चलचित्रले ८० प्रतिशत माथिको अकुपेन्सी सहित दर्शकको साथ पाइरहेको छ ।

चलचित्रलाई दर्शक प्रतिक्रिया सकारात्मक भएकाले सोमबारका लागि हलहरले सो सङ्ख्या बढाएका छन् । राम्रो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित पिताम्बरले नयाँ वर्ष २०८२ को सुरुवाती चलचित्र बजारलाई सक्रिय बनाएको छ।

लचित्रले तारिफ पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन् । चलचित्र हलमा पिताम्बरका दर्शक भीड लाई सम्बोधन गर्दै सौगातले भनेका छन् ‘यो दर्शकहरूको माया हो । दर्शकहरूको माया पाउँदा निकै नै उत्साहित छौँ ।’ उनी मात्र होइन, अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, अभिनेत्री दिव्या रायमाझी, निर्देशक कृषा चौलागाईं स्वयम् पनि दर्शकको मायाले खुसी देखिएका छन् । एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै निर्देशक चाैलागाईंकाे चलचित्र बजारमा चर्चा बढेकाे छ भने एक्सन जनरामा सौगात मल्लको तारिफ पनि उतिकै बढ्दो देखिएको छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.