प्रदर्शनरत चलचित्र ´बसन्त` को गीत ‘मोटर’ सार्वजनिक


काठमाडौ। गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा तयार भएको चलचित्र ‘वसन्त’ अहिले देश र विदेशमा एकै साथ प्रदर्शन भइरहेको छ। चलचित्रलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, र यसका बारेमा वर्ड अफ माउथले पनि राम्रो चर्चा बटुलिरहेको छ। चलचित्रमा समावेश गीत ‘मोटर’ मंगलबार सार्वजनिक गरिएको थियो, जसमा प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) मुख्य कलाकारका रूपमा फिचर्ड छन्। गायक सपुतकै स्वर, शब्द रचना र कम्पोज रहेको यस गीतको एरेञ्ज योगश काजी शाहले गरेका छन्।

चलचित्रको निर्माण टिमले सोमबार कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा विशेष स्क्रिनिङ आयोजना गरेको थियो, जहाँ केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई लगायतका सिनेमाकर्मी र पत्रकारहरूले सहभागी भएर चलचित्र हेरेका थिए। सिनेमापछि अधिकांशले प्रकाश सपुतको कथा वाचन शैली र समाजका यथार्थलाई चित्रित गरेको तरिकाको प्रशंसा गरेका छन्।

अभिनेत्री केकी अधिकारीले मिडियासँगको कुराकानीमा भने, “समाजमा विभेदका विभिन्न रूपहरू अझै पनि व्याप्त छन्, र यो चलचित्रले ती समस्याहरूलाई उजागर गरेको छ। म यस चलचित्रमा सानो केमियो गर्न पाउँदा खुशी छु।”

‘वसन्त’ चलचित्रको प्रमुख कलाकारहरूमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारहरू छन्। यो चलचित्र गलबन्दी प्रोडक्सनको प्रस्तुति हो र सामाजिक ड्रामा शैलीमा तयार गरिएको छ। सिनेमामा विपन्न विश्वकर्मा समुदायका एक युवकको लेखक बन्ने सपना र त्यसका लागि गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

सिनेमाको कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाश सपुतकै हो, र यसको छायांकन बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा गरिएको हो। चलचित्रको डेब्यू निर्देशकिय सिनेमाको छायांकन सुसन प्रजापतिले गरेका छन्। ‘वसन्त’ २२ चैत्रबाट नेपाल र विदेशमा एकै साथ रिलिज भएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.