´नरसिंहा: अवतार’को जपानमा अधिकार विक्री, विदेशमा बढ्दो माग


काठमाडौ। दिवाकर भट्टराइको लेखन र निर्देशनमा तयार भएको फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएको केही दिनमै विदेशमा यसको मागमा उल्लेखनीय वृद्धि भएको छ। फिल्मका अधिकार खरिद गर्ने देशहरूको लिस्ट लम्बिँदै गएकाे र निर्देशक भट्टराइका अनुसार केही दिनमै अधिकांश देशमा अधिकार विक्री भइहाल्ने सम्भावना छ।

यसै क्रममा, फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको छ। जापानका दर्शकहरूले फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि यूएनए इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुरागाँइले अधिकार खरिद गरेको पुष्टि गरेका छन्। तर, विक्रीमा लागेको रकम भने सार्वजनिक गरिएको छैन।

नायक राजेश हमालको कमब्याक फिल्मको रुपमा चर्चा पाइरहेको ‘नरसिंहाः अवतार’ले विशेष ध्यान आकर्षित गरिरहेको छ। ६० फिट लामो पोस्टर सार्वजनिक गरिएको भए पनि यसको चर्चा अझ बढेको हो। फिल्ममा प्रमुख कलाकारहरू राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी र दीपा शाही जस्ता कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको लगानी दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको छ। फिल्म आगामी जेठ ९ गते नेपालमा रिलिज हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.