चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त सम्पन्न, छायांकन भोलि सुरु


काठमाडौं। चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त काठमाडौंको बूढानीलकण्ठ मन्दिर परिसरमा आज बिहान सम्पन्न भएको छ। शुभमुहूर्तमा चलचित्रका प्रमुख कलाकार मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटा उपस्थित थिए। यस अवसरमा अभिनेत्री मिरुना मगर र अभिनेता सुशांक मैनालीले मुहूर्त सर्ट दिएका थिए।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन भोलिबाट काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुनेछ, र यो परियोजना पाल्पा र काठमाडौंमा पनि छायांकित हुनेछ। निर्देशक हिमाल न्यौपानेले यो चलचित्रको निर्देशन गर्दैछन् र यो उनका लागि डेब्यू निर्देशन हो। चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, र भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा एक गाउँबाट सहरमा आएका सरल व्यक्तिको अनपेक्षित घटनाहरू र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको बारेमा आधारित छ। यसले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्छ।

शुभमुहूर्तपछि मिडियासँग कुरा गर्दै मिरुना मगरले भनिन्, “यो टिममा आबद्ध हुन पाउँदा म एकदमै खुसी छु, र मेरो क्यारेक्टर यस चलचित्रमा विशेष छ।” असोसियट निर्देशक मनिष राउतले भने, “यो चलचित्र हाम्रो सम्बन्धको कथा हो, दाजुभाइ र आमा-छोरा बीचको सम्बन्धलाई उजागर गर्छ।”

निर्माण टिमका अनुसार चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्, र यसको संगीत थानेश्वर गौतम र एस डि योगीले दिएका छन्। चलचित्रको छायांकन सेड्युल ४० दिनको हुनेछ र प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.