आठ बर्षे बालक निर्देशित चलचित्रको फर्स्ट लुक तथा गीत सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सुन्दा पनि अपत्यारिलो लाग्ने तर वास्तविकटा ८ बर्षे बालकले चलचित्र निर्देशन गरेका छन् पारिवारिक माहोल नै चलचित्र मय भएकोले होला उनलाई पनि चलचित्र क्षेत्रमा नै काम गर्ने रहर जागेको सौगात बिस्ट (आठ बर्षे बालक) निर्देसित चलचित्र ‘लभ यु बाबा’अब प्रदर्शनको लागि तयार भएको छ। एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लाइ चलचित्र’लभ यु बाबा’ले समेटेको छ। एउटा पारिवारिक कथा हो चलचित्र ‘लभ यु बाबा’। आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर चलचित्रको प्रदर्शन मिति,पोस्टर र दुइ गीत सार्बजनिक गरिएको छ। चलचित्र आउँदो मङ्सिर २६ गते बाट देश भर प्रदर्शनमा आउने छ।
Love-You-Baba चलचित्रमा सौगातका बाबा गजित बिस्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको प्रमुख भूमिका रहेको छ। गजित बिस्टको कथा लाई उनका भाइ गम्भीर बिस्टले पटकथा संबाद तयार पारेका हुन् दिव्यराज सुबेदीले खिचेको चलचित्र लाइ प्रितम पाण्डेले सम्पादन गरेका छन्। चलचित्रका गीतहरुमा सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ।
आज आयोजित सार्बजनिक कार्यक्रममा निर्माता संघका अध्यक्ष राज कुमार राई तथा चलचित्रका कास्टिंग डाइरेक्टर समेत रहेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले फर्स्ट लुक पोस्टर सार्बजनिक गरेका हुन्। निर्देशक सौगात बिस्टले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने प्रमुख उदेश्यका साथ चलचित्रको निर्देशन गरेका हुन्। यो भन्दा पहिलेको रेकर्ड ९ बर्षे बालकको नाममा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.