मल्टिस्टारर ‘पिताम्बर’लाई पिजी सर्टिफिकेट, चैत २९ मा रिलिज


काठमाडौँ।  बहुप्रतीक्षित मल्टिस्टारर फिल्म पिताम्बर यही चैत २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मले ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ, जसअनुसार १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र फिल्म हेर्न पाउनेछन्।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्।

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुरवीर पण्डितलगायत दर्जनौं चर्चित कलाकारको अभिनय रहेको छ। बाल कलाकारको रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको फिल्मका सह-निर्माता पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं छन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, बन्दे प्रसादको सम्पादन, समिर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको संगीत, र हिमाल केसीको द्वन्द्व रहेको छ।

फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने तयारी गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.