नयाँ पोस्टरसहित ‘के घर के डेरा : घर नं २’ अब जेठ २ गते प्रदर्शनमा


काठमाडौ। दीपेन्द्र के. खनाल निर्देशित नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ ले तीन पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रदर्शन मिति एक साता अघि सारेको छ। अब यो चलचित्र पूर्वघोषित जेठ ९ को साटो जेठ २ गते प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमध्ये पहिलोमा अभिनेता निश्चल बस्नेतलाई दौडिरहेको देख्न सकिन्छ, जहाँ उनको अनुहार तनावपूर्ण देखिन्छ। दोस्रो पोस्टरमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ, जसमा खगेन्द्रले साइकल डोर्याउँदै उपासनालाई पछ्याइरहेका छन्। तेस्रो पोस्टरले चलचित्रका अधिकांश मुख्य पात्रलाई तीनतले घरको झ्यालभित्र देखाउँदै डेरा जीवनको प्रतीकात्मक चित्रण गरेको छ।

चर्चित लेखक बुद्धिसागरको लेखन रहेको यो चलचित्र उनको पहिलो पटक रिलिज हुने स्क्रिप्ट हो। कृष्णबहादुर थापाको छायांकनमा बनेको चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएशन को सहकार्यमा निर्माण भएको हो।

चलचित्रका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने युवराज कार्की कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली र रुविना घिमिरे मुख्य भूमिकामा छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.