प्रचारको लागि अझै पनि टिम फेशन शोमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
फागुन ११ मा रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ को टिम चलचित्र प्रचारको लागि फेशन नाइट शोमा पुगेको छ। रियाज म्यूजिकसंगको सहकार्यमा नभ्यता म्यागाजिनले शुक्रवार राती गरेको ‘नभ्यता फेसन्स नाईट आउट’मा निर्देशक आलोक नेम्वाङ् तथा मुख्य कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त सहित निर्मात्री पुनम गौतम पनि थिइन् ।
Ajhai-Pani-team
‘हाम्रै समाजको यूवतीहरुको कथा चलचित्रले बोल्छ’, निर्देशक नेम्वाङले स्टेजबाटै भने ‘त्यसैले तपाईहरु सबै चलचित्र हेर्न आउनुहुनेछ भन्ने अपेक्षा राखेका छौ।’राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी लगायतले दिएका छन्। सुदर्शन थापा प्रडक्शन र पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले बनाएका हुन्।

फेशनको शोमा ‘अझै पनि’ निर्मात्री पुनम गौतमले आफ्नै कष्ट्युम डिजाइनमा मोडललाई र्‍याम्पमा उतारेकी थिइन्। पुनमले अभिनेत्री गौरी मल्ललाई पनि स्टेजमा निम्त्याएकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.