आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्डका लागि मनोनयन सार्वजनिक


काठमाडौं। पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजना हुने आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को मनोनयन सार्वजनिक भएको छ।

यस पटकको व्यवस्थापन एरा प्रोडक्सन प्रा. लि.ले गर्नेछ। विभिन्न भाषा-भाषीका ४० विधामा कलाकार तथा श्रष्टाहरू प्रतिस्पर्धामा छन्। अनलाइन भोटिङ र निर्णायकहरूको मूल्यांकनका आधारमा सर्वोत्कृष्ट घोषित गर्दै अवार्ड प्रदान गरिनेछ।

बैशाख दोस्रो सातामा हुने समारोहमा रजत सम्मान, पत्रकारिता पुरस्कारसहित विभिन्न सम्मान प्रदान गरिनेछ। नेपालीसहित विभिन्न भाषामा सिर्जना हुने गीत-संगीत तथा भिडियो निर्माणलाई प्रोत्साहन गर्न पिम नेपालले यो अवार्ड सञ्चालन गर्दै आएको छ।

मनोनयनमा परेका कलाकारलाई समर्थन गर्न अनलाइन भोटिङ खुला गरिएको छ। (भोट गर्न: https://aventoz.com/event-details/67e57c293d6c0)

Copyright © 2012 - 2026 | All Right Reserved.