सिड्नीमा नेपथ्यको भव्य कन्सर्ट, दर्शकको उत्साहपूर्वक सहभागिता


काठमाडौ। सिड्नीको ‘होर्डन पभिलियन’ हलमा शनिबार सांझ नेपथ्यले भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शक क्षमताको हल खचाखच भरिएको थियो।

नेपथ्यले पूर्वी नेपालको लोकधुनमा आधारित ‘कोशीको पानी’ गीतबाट प्रस्तुति सुरु गरेको थियो। दुई घण्टासम्म हलभरि दर्शकहरू संगीतको लयमा नाचिरहेका देखिन्थे। कोही परिवारसहित आएका थिए भने कोही साथीभाइ वा जोडीका रूपमा उपस्थित थिए।

नेपथ्यको प्रस्तुति नेपाली मात्र होइन, विदेशी दर्शकमाझ पनि चर्चाको विषय बन्यो। नेपाल घुमिसकेकी जेसिन्टा आफ्ना छोराछोरीसहित कन्सर्टमा सहभागी भएकी थिइन्।

नेपथ्य सिड्नीमा सातौँ पटक प्रस्तुत भएको हो। मुख्य गायक अमृत गुरुङले नेपाली भाषाको संरक्षण र शिक्षामा योगदान दिन दर्शकलाई प्रेरित गरे।

पहिले नै ‘सोल्ड आउट’ भएको कन्सर्टको लोकप्रियता देखेर आयोजकले आइतबारका लागि थप शोको व्यवस्था गरेका छन्। कार्यक्रम व्यवस्थापक प्रदीप पाठकका अनुसार दोस्रो शोमा पनि उल्लेख्य दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। नेपथ्य आइतबारको कन्सर्टपछि स्वदेश फर्किनेछन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.