काठमाडौं । बिगत एक दशकदेखी नेपाली कला पत्रकारितामा सक्रिए गोपिकृष्ण चापागाईंलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड २०८१ प्रदान गरिएको छ । बुधबार न्युज एक्प्रेस मिडियाद्धारा आयोजीत ‘दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१’ मा चापागाईंलाई रंग पत्रकारितामा दिएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
समारोहमा उनले प्रतिनिधि सभाकी उप सभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतका अतिथिबाट अवार्ड ग्रहण गरे ।
पत्रकार चापागाईंले अवार्ड पाएसँगै डिजिटल मिडियाको क्षेत्रमा आफूले अझै धेरै गर्न र सिक्न बाँकी भएको बताएका छन् । यो किसिमको अवार्डले मलाई केहि हौसाएपनि थप जिम्मेवार बनाएको महसुस गरेका छु । अहिले डिजिटल मिडिया निकै धेरैछन् त्यसमा फरक भएर दर्शकमाफ विश्वसनियता बढाउनु आवश्यक छ । पत्रकार चापागाईंले भन्नुभयो । मलाई योग्य सम्झेर अवार्ड प्रदान गर्नुहुने आयोजक प्रति धन्यवाद ब्यक्त गर्छु ।
दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ अन्तर्गत वरिष्ठ पत्रकार हरिहर बिरहीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ले सम्मानित गरिएको थियो । यसैगरी, पत्रकारहरू जगदीश खरेल, ठाकुर बेल्बासे, ममता थापा, रोहित भण्डारी, सञ्जीव, केशवराज जोशी, नवराज, भोजराज लगायतलाई सम्मान गरिएको थियो ।