एउटा साथी लाई कार्तिक १४ गते भेट्न पाइने


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रंग–पत्रकारिता गर्दै आएका पत्रकार लक्ष्मण सुवेदीद्धारा निर्देशित पहिलो चलचित्र ‘एउटा साथी’आगामी कात्तिक १४ गते प्रदर्शनमा आउने भएको छ। राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको फर्स्ट लुक,प्रदर्शन मिती र दुइ गीत सार्वजनिक गरिएको छ। Euta-sathi-posterसार्वजनिक गीत मध्ये ‘खाली खाली थियो मन’ बोलको गीतमा अनु शाह र जोन तामाङको अभिनय देख्न सकिन्छ भने अर्को गीत ‘शितल पवनलाई सोधन’मा सलोन बस्नेत र रिस्ता बस्नेतको अभिनय रहेको छ।चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ्, शिशिर भण्डारी ,अनु शाह, करिष्मा श्रेष्ठ लगायतको मुख्य भुमिकामा अभिनय रहेको छ। चलचित्रमा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी, राजेन्द्र खड्गीको द्वन्द्व र गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ। चलचित्रलेले युवापुस्ताको रोमान्टिक प्रेमकथालाई समेटेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.