काठमाडौँ। हङ्गेरीमा अप्रिल २३-२७ सम्म हुने हुन गइरहेको ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा चलचित्र ‘द्रौपदी’ छनोटमा पर्न सफल भएको छ । अन्त्यनै मिहिनेतका साथ निर्माण गरिएको अर्गानिक नेपाली चलचित्रले चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा छनोट आफू निकै हर्षित भएको चलचित्रका लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताए । उनले यो उपलब्धि पाउन चलचित्रका सम्पूर्ण युनिटको मेहनतको फल रहेको बताएका छन् । चलचित्र एकदमै उत्कृष्ट बनेको छ । यो प्रकारको मौलिक चलचित्रले अझै धेरै फेस्टिभलमा छानिने र पुरस्कार पनि पाउनेमा आफु बिस्वस्त रहेको निर्देशक आचार्यको भनाइ छ ।
चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘द्रौपदी’ डोल्पाको शे-फोक्सुण्डो ताल लगायत कर्णालीमा छायांकन गरिएको हो । ‘द्रौपदी’ का निर्देशक ऋषिराज आचार्यका अनुसार यसको स्कृप्ट करिब ४ बर्ष लगाएर लेखिएको हो ।
चलचित्रमा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई ( सुबास ), प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा, सम्बाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ ।
चलचित्रको सम्पादक अनिल महर्जन, पार्स्व संगीत सौरभ शर्माको रहेको छ भने छायांकन मोहन कुमार झिल्लुको रहेको छ । कर्णाली काटौला शिर्षक रहेको चलचित्रको गीतमा रबि ओड र इन्द्रकला राइको आवाज रहेको छ जुन अहिले चर्चामा छ । आर बि मुभिजमा बनेको चलचित्रका सह निर्माता ऋतु आचार्य र बिष्णु ठडराई, निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । चलचित्रलाई एप्पल इन्टरटेन्टमेन्ट, एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछन् ।
अहिलेसम्म पुर्णरुपमा उठान नगरेको बिषय भएको निर्माण पक्षको दाबी छ । यसर्थ नेपाली मौलिक चलचित्रले दर्सकको माया पाइरहेको यो अवस्थामा चलचित्रको बिषयले छुने प्रबल सम्भावना छ भने बिषय बाहेक बाहेक शे-फोक्सुन्डो लगायत कर्णालीका विभिन्न मनोरम दृश्यहरु जुन सदरमुकामबाट ३ दिनसम्म पैदल हिडेर पुग्नुपर्ने शे फोक्सुण्डो तालसम्म पुगेर छायांकन गरिएको छ ।