माल्भिका सुब्बा अब निर्मात्री ‘हाउ फन्नी’


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पूर्व मिस नेपाल माल्भिका सुब्बा अब निर्मात्री पनि बन्ने भएकी छिन उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘हाउ फन्नी’रहेको छ। आफू कार्यकारी निर्माता भएर आउन लागेको नयाँ सिनेमा ‘हाउ फन्नी’को आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माणको घोषणा भएको छ।
How-Funni
टिनी बट बिग पिक्चर्स प्रालीको ब्यानरमा बन्न लागेको चलचित्रलाई निलु डोमा शेर्पाले निर्देशन गर्दैछिन्। चलचित्रमा दयाहाङ राई,अनुपविक्रम शाही,केकी अधिकारी,प्रिय्रंका कार्की,निशा अधिकारीको मुख्य भूमिका रहनेछ।

चलचित्रको कथा तथा परिकल्पना निलु डोमा शेर्पा,लेखन शान बस्न्यात, निर्माता आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा छन्। चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको संगीत, हरी हुमागाँइको छायांकन रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.