सारूक आत्महत्या प्रकरणपछि गुमनाम रहेकी अभिनेत्री नम्रता सार्वजनिक कार्यक्रममा देखा परिन्


काठमाडौँ। अभिनेता सारूक ताम्राकार आत्महत्या प्रकरणपछि गुमनाम रहेकी अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक कार्यक्रममा सहभागी भएकी छन्। धुलिखेल नगरपालिकाले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनी उपस्थित थिइन्।

करिब २० महिनादेखि सार्वजनिक रुपमा देखिन छाडेकी श्रेष्ठ एक्कासी कार्यक्रममा देखापरेकी हुन्। कार्यक्रममा उनले मन्तव्य राख्दै भनिन्, “हामी सबै मिलेर महिलाको सशक्तीकरणका लागि आवाज उठाउनुपर्छ। नारी दिवस मात्रै होइन, महिलाहरूलाई सम्मान र उत्सव मनाउन हरेक दिन महत्वपूर्ण छ।”

भिडियो हेर्नुस
https://www.facebook.com/watch?v=2341210102901744

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.