७ नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’


काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित आयोजित तीन दिने ‘महिला चलचित्र महोत्सव’ बिहिबार सकिएको छ । वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको उपस्थिती ६ नारीलाई सम्मान गर्दै महोत्सव सकिएको हो ।

गत मंगलबारबाट सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको थियो ।

महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । त्यसपछि ४२ बर्ष पुरानो फिल्म प्रदर्शन गरिएको थियो । फिल्म ‘सिन्दुर’ प्रदर्शनसँगै सुरु भएको महोत्सव आज अन्तिम दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चनसँगै सकिएको हो ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, शोभा श्रेष्ठ (श्रृंगारक), गीता अधिकारी (चलचित्र पत्रकार), सरिता साह (कलाकार तथा निर्देशक), पशुपति राई (अभिनेत्री) र थिन्ले ल्हामो (अभिनेत्री) सम्मानित भएका थिए ।

कार्यक्रममा बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दिपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतको उपस्थिती थियो ।

कार्यक्रममा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीको बनाएको स्केच सम्बन्धित कलाकारलाई हस्तान्तरण गरिएको थियो । महोत्सवको दोस्रो दिन महिलाद्वारा निर्मित तथा महिलामाथि बनेका चलचित्र प्रदर्शन र ‘चलचित्रमा नारी’ बिषयक संवादमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्काले आफ्नो धारणा राखेका थिए ।

महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न प्रेरणा र हौसला मिल्ने चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । चलचित्रकर्मी सशक्तीकरण समितिको अध्यक्षमा अभिनेत्री केकी अधिकारी रहेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.