साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचनमा


काठमाडौं । साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचनमा गुञ्जिनु भएको छ । बन्धु फिल्मस् प्रालि.को आयोजनामा चलचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उहाँ गुञ्जिनु भएको हो । मिलाप मासिकको सहकार्यमा भएको उक्त वाचन कार्यक्रमको सहजिकरण विशिष्ठ कलाकार लय संग्रौलाले गर्नुभएको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा भएको वाचन कार्यक्रममा स्रष्टा घिमिरेले आफ्ना विस वटा मुक्तक सुनाउनुभएको थियो । माया प्रेमका मुक्तकसँगै उहाँले देशको माटो, परिवेशका साथै समाजका विविध पक्षका मुक्तक वाचन गर्नुभएको थियो । उहाँले मुक्तक वाचन गरिरहँदा दर्शकदीर्घा बाट वाही वाही बटुल्न सफल हुनुभएको थियो । लय संग्रौला र घिमिरेको एकअर्काप्रति काव्यिक कटाक्षले हलको माहोलमा रौनक थपेको थियो ।
महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा नेफाका अध्यक्ष राजेन्द्र संग्रौला, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका एमडी खेम संग्रौला, कवि विलोल पोख्रेल, वरिष्ठ कलकार उत्तम केसी, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, मिलापका सम्पादक कृष्ण भुसाल लगायतले शुभकामना मन्त्वय राख्नुभएको थियो । उहाँका मुक्तक बारेमा साहित्यकार रमेश शुभेच्छुले संमिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
सो अवसरमा स्रष्टा घिमिरेलाई बन्धु फिल्मस्ले दश हजार नगद रुपैयाँसहित सम्मान अर्पण गरेको थियो । सामारोहमा गायक÷संगीतकार चेतन सापकोटा, कन्हैया सिंह, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, गायक माधव भण्डारी, रमेश पाठक, निर्देशक रिमेश अधिकारी, लक्षमण सुवेदी, रामशरण कोइराला, कृष्ण रसाल लगायत  कला साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।

आधा दर्जन जति गीतका भिडियोका साथै ‘जात्रै जात्रा’, ‘घन चक्कर’ लगायतका चलचित्रमा अभिनय गर्नुभएकी घिमिरेले ‘बुहारी’, ‘गरिमा’, ‘जुनकिरी’, ‘पहेलो सिन्दुर’ लगायतका टेलिफिल्ममा अभिनय गर्नुभएको छ । गीत, कविता, कथा जस्ता साहित्यका विधामा कलम चलाउँदै आउनुभएकी घिमिरेका ‘शोकाञ्जली’ शोककाव्य, ‘गहिरो घाउलाई अक्षरको मलम’ लघुकाव्य, ‘प्रहार’ मुक्तकसंग्रह, ‘भावनाका थुँगा’ मुक्तकसंग्रह जस्ता कृति पाठकमाझ आएका छन् । विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थामा आवद्ध घिमिरे चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिको सदस्य हुनुहुन्छ ।  

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.