हिम्मतवाली पछी रेखाको निर्देशनमा रामप्यारी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायिका बाट निर्मात्रीको परिचय बनाएकी रेखा थापा अब निर्देशकको रुपमा पनि अघि बढ्दै छिन् चलचित्र ‘हिम्मतवाली’ बाट निर्देशक लाई हटाएर रेखा आफैं निर्देशक बनेकी नायिका रेखाले अर्को चलचित्रको पनि निर्देशन गर्ने भएकी छिन्। उनले ‘हिम्मतवाली’ पछि ‘राम प्यारी’ चलचित्र निर्देशन गर्ने बताएकी छिन।
rekha-sudarshan
चलचित्रमा रेखा आफै नायिकाको भुमिकामा देखिने छिन। उनि एक टेम्पो चालकको भुमिकामा रहनेछिन्। चलचित्र ‘रामप्यारी’ एउटा व्यक्तीको कथा नभएर सम्पुर्ण टेम्पो चालकहरुमा आधारित चलचित्र रहने रेखाले बताइन्। रेखाले चलचित्रमा आफ्नो दोहोरो भुमिका रहेको पनि खुलासा गरिन्। अन्य कलाकारहरुको फाइनल भइसकेको छैन। चलचित्र संगीत बसन्त सापकोटाको रहने छ। आउँदो फागुन महिना बाट चलचित्र फ्लोरमा जाने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.