मंसीर ५ गते हमजाएगा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘हमजाएगा’ आगामी मंसीर ५ गतेबाट प्रर्दशनमा आउने भएको छ। मंगलबार राजधानिमा आयोजित एक कार्यक्रममा चलचित्रको प्रर्दशन मितीका साथै दुई गीत समेत सार्वजनिक गरिएको छ। सार्वजनिक गीत ‘मायामा मायामा’ र ‘मेरो यो नौनि जस्तो’ बोलको रहेको छ। सार्वजनिक गीतमा राजेश पायल राई, दिपक लिब्बु, रजिना रिमाल, सुमिना तामाङ लगायतको स्वर रहेको छ। भने संगीत सुरेन्द्र पुनलेनै दिएका हुन्।
Hamjayega-poster
मुनाल फिल्मस् प्रालिको ब्यानरमा बनेको यस चलचित्र प्रेम रोमान्स र हास्यको मिश्रण भएको निर्माण पक्षले जनाएका छन्। सुरेन्द्र पुनको निर्देशन रहेको यो चलचित्रको कथा बास्तबिक भएको बताइएको छ।’दाजिलिङमा कुनै एक समय ‘हमजाएगा’उपनामले प्रख्यात सवारी चालक थिए जो रसीक र रमाइलो थिए। उनैको कथा चलचित्रले उठाएको हो’, निर्देशक पुनले भने ‘चलचित्र दर्शकको मन बुझेर बनाउने प्रयत्न गरिएको छ।’ चलचित्रमा विल्सन बिक्रम राई, बाबु बोगटी, मनोज आरसी ,रवी गिरी,पार्वती राई,सपना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.