शिवरात्रिमा रिलिज हुने तीनवटै फिल्मको बुकिङ खुल्यो , कसले कति शो पाए ?


काठमाडौं। महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ प्रदर्शनमा आउन लागेका तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ। मल्टिप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका छन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ लाई देशभर गरेर ६६ शो दिएको छ। क्युएफएक्सले यो फिल्मलाई काठमाडौंभित्र मात्र २८ शो दिएको हो।

त्यस्तै, क्युएफएक्सले निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ लाई देशभरका हलमा ५१ शो दिएको छ। फिल्मले क्युएफएक्समा काठमाडौंभित्र मात्र २४ शो पाएको छ।

दीवाकर भट्टराई निर्देशित ‘मायावी’ लाई क्युएफएक्सले ४२ शो दिएको छ। यो फिल्मले क्युएफएक्सअन्तर्गत काठमाडौंभित्र मात्र २० शो पाएको छ।

त्यस्तै, बिग मुभिजले ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ लाई ५/५ शो दिएको छ भने यो हलमा ‘मायावी’ ले ३ शो पाएको छ।

‘सक्किगोनि’ सिरियलको टिमले बनाएको ‘लाज शरणम्’ मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ।

‘फेरि रेशम फिलीली’ मा विजय श्रेष्ठ, सुपुष्पा भट्टसहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको मुख्य भूमिकामा छन्। ‘मायावी’ मा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.