हलमा बिर गोर्खालीको कथा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
इन्डियन आइडल बने पछी एका एक चर्चामा आएका प्रशान्त तामाङ गायकमा भन्दा पनि नायकमा बढी देखा परे। चलचित्र ‘गोर्खापल्टन’मा लाहुरे बनेका प्रशान्त लाई दर्शकले मन पराए अनि चलचित्रले राम्रो व्यापार गर्यो त्यस पछि प्रशान्तलाई लिएर अन्य केहि चलचित्र निर्माण भए पनि ति चलचित्रहरु ब्यबसायिक सफल हुन भने सकेनन र फेरी प्रशान्त लाहुरे बनेर अभिनय गरेको चलचित्र निशानी प्रदर्शनमा आएको छ।
Nishani-ad
विनोद सेरेङद्वारा निर्देशित चलचित्र सन् १९९९ को कार्गिल युद्धमा गोर्खालीले प्रदर्शन गरेको बहादुरीमा आधारित रहेको छ। कार्गिलको खलुबार लडाइँमा गोर्खालीको कमान्डिङ कर्नेल ललित राईले गरेका थिए। चलचित्रको कथा उनै ललितको भोगाइबाट प्रभावित रहेको छ।

यसअघि ‘देउमाईको किनारमा’, ‘बलिदान’ र ‘नुमाफुङ’मा गरेको अभिनयबाट चिनिएका प्रेम सुब्बा ‘निशानी’का चार निर्मातामध्ये एक हुन्। उनलाई निर्माणमा सरोज भण्डारी, ललिता सेरेङ धौबडेल र किशोर दुङमाली राईले सघाएका छन् ।

प्रशान्तसहित प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायतको अभिनय रहेको फिल्ममा प्रेम सुब्बा र प्रशान्त तामाङ दुवैले इन्डियन लाहुरेको भूमिका निर्वाह गरेका छन्। ‘निशानी’मा निर्देशक विनोद सेरेङको पटकथा लेखन, युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व निर्देशन, गोविन्द राई र शिव बिकको नृत्य निर्देशन, बिबी अनुरागीको संगीत, विपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन छ।

Copyright © 2012 - 2026 | All Right Reserved.