‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डमा हुने


काठमाडौँ। ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको एडम्बरामा हुने भएको छ। युकेमा एक कार्यक्रमको आयोजना गर्दै ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ अगस्ट महिनामा आयोजना हुने जानकारी गराईएको हो । नेपाल स्कटल्याण्ड एसोसियसनका अध्यक्ष अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गरेका हुन् ।

स्कटल्याण्ड तर्फको आयोजक नेपाल स्कटल्याण्ड एसोसियसन छ भने नेपाल तर्फको आयोजना चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर सोसाइटी अफ नेपालले गर्नेछ । कार्यक्रमको सहयोगी संस्थाको रुपमा नेपाल चलचित्र निर्देशक समाज रहनेछ भने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले गर्नेछ ।

चलचित्र सहभागिताको लागि आवेदनको आव्हान , अन्य गतिविधि प्रारम्भ हुनको साथै अवार्डका बिदाहरु सम्बन्धि जानकारी चाडै नै गराउने महोत्सव निर्देशक अरुण प्रधानले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.