कलाकार उत्तम केसीका गीतमा सिक्किमकी अञ्जनाको स्वर


काठमाडौं । सिक्किमकी अञ्जना नाल्बो लिम्बूले बरिष्ठ कलाकार एवं गीतकार उत्तम केसी नेपालका दुई गीतमा आफ्नो आवाज दिएकी छन् । सिंगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधी विजेता अञ्जनाले केसीका दुई गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया…’ र ‘विपनीमा टुंगियो माया…’ गायकी हुन् ।

गायक राजेश पायल राई र शाहील लिम्बुसँग पनि केहीदिन अघि गीत रकेर्ड गरेकी उनले उत्तमका एक साथ दुई गीत गायकी हुन् । गीतमा संगीतकार अष्टलामा र पुस्कार सुनुवारको संगीत रहेको छ ।

कला क्षेत्रमा आफ्नै उचाइ बनाई सकेका केसी गीत लेखन र कथा लेखनमा पनि सक्रिय छन् । उनका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ जस्ता एक दर्जन जति गीत श्रोता/दर्शकमाझ आइ सकेका छन् । यस्तै ‘दोषी को’ गीत पनि श्रोता/दर्शकमाझ आउने तयारीमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.