फूलै फूलको मौसममा नीता संग नव नायकको रोमान्स


(सेलिब्रेटी नेपाल) काठमाडौँ
संचारकर्मी,कलाकार निर्देशकको परिचय बनाएका दिनेश डिसीको परिचय अब निर्माता पनि थपिने भएको छ। आफ्नै होम प्रोडक्सन द् दिनेश डिसी प्रोडक्सनबाट चलचित्र निर्माणको घोषणा गरेका दिनेशले निर्माण गर्नेचलचित्रको नाम ‘फूलै फूलको मौसम तिमीलाई’ रहेको छ। २१ बर्षको करिअरमा आफ्नै ब्यानरमा ‘फूलै फूलको मौसम तिमीलाई’बन्ने भएको हो।
Phoolai-phoolko-mausam
चलचित्रमा नीता ढुंगाना र आमेश भण्डारी मुख्य भूमिकामा देखिने भएका छन्। मोडल आमेश दिनेशको चलचित्र बाट नायकको रुपमा डेब्यु गर्दै छन्। चलचित्रको छायाकंन आउँदो असोज १ देखि सुरु हुने छ। चलचित्र लाई क्यामेरा म्यान पुरुषोत्तम प्रधानले खिच्ने छन् भने तीन वटा संगीत सुरेश अधिकारी र अमुल कार्कीले तयार गरेका छन्। नृत्य रामजी लामिछाने र नरेश बीर सिंहको रहने छ भने द्धन्द्ध एनबी महर्जनको हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.