सुनिलको अर्को चलचित्र होस्टेल रिटर्नस्


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘सायद’ र ‘होस्टेल’जस्ता हिट सिनेमा निर्माण गरेको दुर्गिश फिल्मसले तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटर्नस्’ निर्माणको घोषणा गरेको छ। टीनएज ड्रामा जनरामा बन्ने चलचित्रको छायांकन असोज २१ देखि सुरु हुने भएको छ। सुनिल रावल निर्माता रहेको सिनेमालाई सुरज भुषालले निर्देशन गर्दैछन्। यसअघि म्युट ड्रामा ‘मौन’बाट चर्चा बटुलेका भुषालले सन्तोष लम्सालसँग मिलेर पटकथा लेखेका हुन् । बुटवलमा सुट गरिने चलचित्रका सबै कलाकार फाइनल भइ सकेका छन्। सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठ कलाकार हुन्।
Hostel-returns
नयाँ बन्ने होस्टेल रिटर्नस्मा अघिल्लो सिनेमा होस्टेलको कथा, पात्र र कलाकार दोहोरिएका छैनन्। होस्टेलको जीवनशैली, मित्रता र प्रेमको कथा पेश गर्ने सिनेमामा स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ। चन्द्र पन्तको एक्सन हुने फिल्मको अहिले धमाधम कार्यशाला भैरहेको छ। दुर्गिश फिल्मसले यसअघि निर्माणको घोषणा गरेको सिनेमा ‘लभ नम्बर’को सुटिङ भने पोस्टपोन्ड भएको छ। आउँदो जेठ तथा असारमा सुटिङ हुने लभ नम्बर दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.