काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ ।
गीतको आकर्षक भिडियो बनेको छ । जसमा समिक्षा न्यौपाने र फनुस क्षेत्रीको अभिनय छ । समिक्षाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेकी हुन् । झापा गौराडा –७ कि नृत्य तथा अभिनयमा निपुर्ण समिक्षा अभिनयमा निरन्तरता दिने सोचमा छिन् । यो भिडियोले उनलाई केही नयाँ प्रोजेट समेत हात परेको छ ।
भिडियो योङ माईन्ड्स ईन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । भिडियोलाई मुनाल शिशिर कोईरालाले निर्देशन गरेका हुन् । रोनिश तामाङ (च्याङ्बा)को छायाँकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ ।