चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त संगै छायाँकन सुरु


काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को शुभ मुहूर्त गरिएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभमुहूर्त गरिएको हो ।

दीपेन्द्र के. खनालको निर्देशनमा बन्ने चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का,दिनेश काफ्ले लगायतको अभिनय रहनेछ ।

कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार सुरु भएको बताए । उनले चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए । देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने उनले टिप्पणी गरे । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुसी लागेको बताइन् ।

शुभमुहूर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी रहेको जिकिर गरिन् । उनले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी लागेको बताइन् । एम.एम मोस पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.