दुःखी आत्मा ट्रेलरः ‘मलाई कविता होइन कवि चाहिएको हो’


काठमाडौँ। चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’

यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ । सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.