चलचित्र ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक


काठमाडौं। आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ ।

सङ्गीत संयोजन राजन ईशानले गरेका छन् भने सहायक स्वर सुनी थापाले दिएकी छिन् । यसको छायाङ्कन निर्देशक सौरभ लामा हुन् भने नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।

गायक, गीतकार तथा सङ्गीतकार राजनराज सिवाकोटी नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतमा लयबद्ध गर्न माहिर मानिन्छन् । यस गीतमा पनि उनले उसिनेको आलु, नुन खुर्सानी, गुन्द्रुक, ढिँडो, घट्ट, मुरी अन्न, डोको जस्ता ठेट नेपाली शब्दहरूको प्रयोग गरेका छन्, जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.