बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्याग,‘सारंग’को गीत सार्वजनिक


काठमाडौँ। यही माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’को नयाँ गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘मेरो बाबा मेरो आमा’ बोलको गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल) को संगीत छ । मर्मस्पर्शी भावको गीतमा बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको बखान छ ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु ऋचा शर्मा, उत्पल झा र आदित्य कार्की चित्रित छन् । आदित्यले विद्यालयको अभिभावक दिवसमा गीतमार्फत् बुबाआमाप्रति व्यक्त गरेको भावलाई दृश्यमा उतारिएको छ । भिडियोको अन्तिममा आदित्यले गाएको गीतले ऋचा भावविह्वल भएको देख्न सकिन्छ । फिल्ममा ऋचा आमाको भूमिकामा छिन् ।

कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी लगायतको पनि अभिनय छ । फिल्मको काठमाडौंसहित विभिन्न सहरमा थुप्रै च्यारिटी शो भइसकेको छ ।

दर्शन बुद्ध फिल्म्सको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ । फिल्मले बाल मनोविज्ञान र धनी-गरिबबीचको खाडलको कथा देखाउने निर्देशक तामाङको भनाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.