चलचित्र ‘बल्कि’ घोषणा


काठमाडौँ। राहुल बराइलीको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘बल्कि’ को घोषणा गरिएको छ। शुक्रवार राजधानी काठमाडौँ एक कार्यक्रमका बिच चलचित्रको शिर्षक सार्वजनिक गरियो। दिनेश बिकको कथामा बन्ने चलचित्र एक्सन जनराको हुनेछ। थुप्रै म्युजिक भिडियोको निर्देशन गरेका बराइलीको यो डेब्यु चलचित्र हो।

बासु न्यौपानेले छायांकन गर्ने चलचित्रमा मुख्य सहायक निर्देशन नवराज शर्माले गर्नेछन् । द पाम ग्रुप प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुदन खत्री हुन् भने कार्यकारी निर्माता शेखर लामा रहेका छन्। चलचित्रमा अभिनय गर्ने कलाकारहरु फिक्स गरेर फागुन अन्तिम बाट छायांकनमा जाने निर्माण टिमको तयारी रहेको छ। चलचित्र ‘बल्कि’ मा हास्य, रोदन, भावनात्मक सामाजिक जातीय विभेद र छुवाछुतको बिषय उठान गर्ने बताईएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.