सुरज चापागाईं (बान्द्रे) ले सिध्याउन लागे (फोटो फिचर सहित)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
मेरी बास्सैमा ८ वर्ष पार गरे पछी मेरी बास्सैका बान्द्रे अर्थात् सुरज चापागाईं अब ठुलो पर्दाका निर्देशक बनेका छन्। उनले २ बर्षको तयारी पश्चात ‘मेरो स्कुल’ नामक चलचित्रको निर्माण सम्पन्न गरेका छन्। हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र मार्फत बान्द्रे एस. पी. चापागाईं ठुलो पर्दामा डेब्यु गर्दै छन्। उनले चलचित्रको काम करिब करिब सकाउन लागेका छन्। स्कुलमा हुने राम्रा तथा नराम्रा पक्षहरु लाई ‘मेरो स्कुल’मा समट्ने प्रयाश गरिएको निर्देशक सुरज बताउछन्।
Suraj-Bandre
सिस्नु पानि,लोड सेडिंग,गाडी नम्बर ४२०,शेरेको सुर जस्ता चर्चित टेली सिरिएलको निर्देशन अनुभव संगालेका बान्द्रे अर्थात् एस. पी. चापागाईं को चलचित्र ‘मेरो स्कुल’ले बिद्यार्थी जीवनका थुप्रै भोगाईहरु प्रस्तुत गर्नेछ। मेरी बास्सैमा लोक प्रिय हुँदा हुँदा किन चलचित्रमा हात हालेको भनि प्रश्न गर्दा सुरज भन्छन “कलाकारिताको एउटा पाटो टेलिभिजन हो भने अर्को पाटो सिनेमा हो सिनेमा हेर्ने दर्शक र टेलिभिजन हेर्ने दर्शक फरक छन् सबैको मनमा बस्नको लागि मैंले चलचित्र गरेको हो।’ चलचित्रको नाम मेरो स्कुलले नै बुझिन्छ कि चलचित्र बिद्यार्थी केन्द्रित रहेको छ।
Bandre-School-poster
चलचित्रले बिद्यार्थी र शिक्षक तथा अभिभावकको बिचको सम्बन्धलाई पनि खोतल्ने छ। किन पढ्नु पर्छ ? नपढे पनि कुनै क्षेत्रमा आफ्नो करियर बनाउन सकिन्छ भन्ने हरुलाई पनि मेरो स्कुलले शिक्षा दिनेछ। फुटबल खेलाडी राम्रो खेल्छ पढ्दैन भने उसले भोलि अन्तररास्ट्रिय खेलमा सहभागिता जनाउन जाने बेलामा उसको पढाईको आबश्यकता देखिन्छ किनकि उ अन्तरबार्तामा नै फालिन सक्ने सम्भावना हुन्छ।
Ddipika-rimal-thapa
चलचित्रमा स्कुलका शिक्षक,थुप्रै संख्यामा बिद्यार्थी तथा एन प्याब्सन र प्याब्सनका प्रतिनिधिहरुलाई पनि अभिनय गराईएको छ। उनिहरुको अभिनयले चलचित्रको हाईट अझ बढेको निर्देशकको बुझाई रहेको छ। चलचित्रमा समाबेश एक रास्ट्रिय भावनाको गीतमा एन.प्याब्सनका केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाही,प्याब्सनका केन्द्रिय उपाध्यक्ष दिपिका रिमाल थापा एन प्याब्सनका केन्द्रिय सदस्य राजु लामा ‘कुन्दन’,र बिष्णु पराजुलीको पनि सहभागिता रहेको छ।
Mero-School
चलचित्रमा सुरबीर पण्डित,राजु कमेडी,सरिता ओली,राजेशनाथ(टुप्पी),लिलामणि पौडेल,रेशम बुढाथोकी,निरु खड्का,पल्पसा डंगोल,सुरज चापागाईको मुख्य अभिनय रहेको छ। सुरज चापागाईंको कथा लाई अबतार कंडेल र दिपक आचार्यले पटकथा लेखेका हुन् भने सम्बाद अबतार कंडेलको रहेको छ। चलचित्र लाई बिरेन्द्र भाट ‘बिपिन’ले खिचेका हुन् चलचित्रमा संगीत सुरेश शाहीको रहेको छ भने युबराज खत्रीको सह निर्देशन रहेको छ। अब चलचित्र लाई विभिन्न देश हरुमा प्रदर्शन तथा नेपालमा च्यारिटी शो हरु गरि सके पछि हलमा रिलिज गरिने निर्देशक सुरजले सेलिब्रेटी नेपाल लाई जानकारी गराए।

Copyright © 2012 - 2026 | All Right Reserved.