चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक


काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।

वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुर हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ ।

तर, त्यसमै केही ट्वीस्ट रहेको कलाकारको हाउबाउबाट देखिन्छ । तर, के प्रष्ट छैन । तर, विदेश गएको छोरो फर्किसकेको छ । त्यसपछि नदीमा डुबेको व्यक्तिको उद्धार र द्वन्द्व छ ।

गरिबी र बेरोजगारी नागरिकको दुःख यो चलचित्रले भन्नेछ । क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी’ कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.