च्यारिटीमा ब्यस्त बन्यो टाइगर द रियल हिरो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
राजु गिरीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर द रियल हिरो’ हाल च्यारिटी शोको आयोजनमा लागेको छ पोखरामा असोज १६ गते  नेपालगंजमा भाद्र ३१ गते ,काठमाडौँमा असोज ९ गते  र भारतका विभिन्न स्थानमा च्यारिटी शोको हुने भएको छ। भारतका विभिन्न सहरमा हुने १२ वटा शो को जिम्मा प्रकाश बी सी ले लिएका छन्। 
Tiger-real-hero
असोक फुयाल, शुभेच्छा थापा, शमिक्षा अर्याल , सुसान्त, प्रकास बिसी ,सुरज रानाभाटको मुख्य अभिनय रहेको छ। चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्को द्वन्द रहेको छ। मुकेश हुमागाइँको छायांकन,रामजी लामिछानेको नृत्य रहेको यस चलचित्र एक्सनले भरिएको गिरीले बताए। चलचित्रलाई शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन्। बिन्दास जस्तो सफल चलचित्र निर्देशन गरि सकेका राजु गिरिले कथा पटकथा तथा सम्बाद आफैं लेखेर आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘टाइगर द रियल हिरो’को च्यारिटी बाट लगानी उठाई सके पछी मात्रै सार्बजनिक प्रदर्शन गर्ने लक्ष्य रहेको निर्देशक राजुले बताए।

Copyright © 2012 - 2026 | All Right Reserved.