सरोज पौडेलको चलचित्र ‘कोशेढुंगा’ मा सुरक्षा,आर्यन संगै नीति


काठमाडौं । ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ ।

निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिग्देल सँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।

‘कोशेढुंगा’ सोसल ड्रामा हो । फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहेका छन् । यो चलचित्रको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.