ठुली र ताण्डव भिड्दै कोहिनुर हेर्ने अझै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
साउन २३ गते बाट प्रदर्शनमा आएको चलचित्र कोहिनुरले राम्रो व्यापार गर्दै हल ओभर कायम राखे पछि भाद्र ६ गते रिलिज मिति तोकेको चलचित्र सम्बोधन पर हट्यो भने दुइ चलचित्र ‘ताण्डव’ र ‘ठुली’ प्रदर्शनमा आएका छन्। नम्रता श्रेष्ठ र र्यापर लाहुरेको मुख्य भूमिका रहेको ताण्डव संग नायिका गरिमा पन्त र जीवन लुइँटेल अभिनित ठुलीको प्रतिस्पर्धा भएको छ भने अझै पनि थुप्रै हल हरुमा कोहिनुर चलिरहेको छ।
Thuli-poster
मोहन डोटेलले निर्माण गरेको चलचित्र ताण्डव लाई बेलायती नागरिक मुर्रे केरले निर्देशन गरेका हुन्। ठुली लामो समय अमेरिका बसेर आयका सुर्य बोहोराको निर्देशनमा बनेको छ।