प्रिन्स युबराज कार्की अमेरिकन राष्ट्रपतिबाट सम्मानित



काठमाडौँ। सर्लाही हरिवन स्थाही घर भएका प्रिन्स युबराज कार्कीलाई भर्खरै अमेरिकाका राष्ट्रपती जो बाइडनले उनले अमेरिकामा गरेको सामाजिक, आर्थिक तथा सास्कृतिक कार्यहरु मार्फत पुर्याएको योगदानको लागि सम्मानित गरेका छन् । करीब १३ बर्ष अघी अमेरिका पुगेका कार्कीले हाल रेस्टुराँ ब्यबसाय, आईटी मार्फत खाद्य प्रविधिको ब्यापार तथा घर जग्गामा लगानी गरिरहेका छन्। जस मार्फत उनको समुहले करिब १०० जना जती बिभिन्न देशबाट आएका कामदार तथा स्थानिय अमेरिकनहरुलाई काम दिएका छन् ।

उनको समुहले खोलेको एभरेष्ट कुजिन अमेरिका मै नेपालीहरुले खोलेको रेस्टुराँ मध्य सफल रेस्टुराँ मानिन्छ। जहाँ संसारभरका चिर परिचित कलाकार, स्थानिय नेता देखी ठुला ब्यापारिहरुले समेत आएर नेपाली खानाको स्वाद लीइसकेका छन् । उनले अनिल पाण्डे, सागर थापा तथा धीरज कार्कीको टिम बनाएर सन् २०१९ देखी एभरेष्ट कुजिन सन्चालनमा ल्याएका हुन् भने २०१५ मा उनले पहिलो रेस्टुराँ काफल खोलेर अमेरिकामा ब्यबसाय शुरु गरेका थिए। उनै कार्की र पाण्डे ले शंकर घिमिरे संगको सहकार्यमा हाल प्रदशनमा रहेको चलचित्र ‘तेल भिसा’ निर्माण गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.