१२ नेपाली एक चिहान सेन्सर पास


(सेलिब्रेटी नेपाल) काठमाडौँ
२०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले तयार पारेको चलचित्र ‘१२ नेपाली एक चिहान’ सेन्सर पास भएको छ। चलचित्रले पी.जी.सर्टिफिकेट पाएको छ। केहि महिना अघि बोर्डले चलचित्र नहेरीकनै प्रदर्शनमा ल्याउन नदिने भनेर सूचना तथा सञ्चार मन्त्रालयले आफू मातहतको चलचित्र विकास बोर्डलाई उक्त चलचित्रलाई सेन्सर इजाजतका लागि सिफारिस नगर्न निर्देशन दिंदै पत्राचार गरेको थियो।
12 nepali ek chihan 3 चलचित्रको सेन्सर रोकिंदा तनाबमा रहेका निर्देशक अरुण प्रधान सेन्सर पास हुँदा राहतको अनुभूत गरेका छन् चलचित्र ‘१२ नेपाली एक चिहान’मा अभिनय गर्ने सम्पूर्ण नयाँ तथा थियटर आर्टिस्टहरु रहेका छन्। राजन खतिवडा,जतिन ताम्राकार,रबिन्द्र झा,बिक्रम सिंह,उत्तम जंग लिम्बु,राम भजन कामत,सुशील थापा मगर,घनश्याम मिश्र,निरञ्जन मेहता,सोनु जयन्ति,प्रजा प्रधान,मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.