रहेनन् नायक श्री कृष्ण


(सेलिब्रेटी नेपाल) काठमाडौँ
shree-krishnaबिगत लामो समय देखि उपचार गराउदै आएका नायक श्री कृष्ण श्रेष्ठको दिल्लीको अस्पतालमा उपचारको क्रममा निधन भएको छ। फोक्सोमा पानि जमेको र निमोनिया भएको प्रमुख कारक नै उनको मृत्यु भएको बताईएको छ।
बि स २०४५ सालमा चलचित्र “भूमरी” बाट नेपालि चलचित्र नगरीमा अभिनय कलाको सुरुवात गरेका थिए। “कसम” मा हिरोको साथी, “पुकारमा” खलनायक” को भूमिकामा खेलेका श्री ले २०४९ सालमा छविराज ओझाको चलचित्र “नाताबाट” नायकको रुपमा डेब्यू गरेका थिए। उनको ४७ बर्षको उमेरमा निधन भएको हो।
दर्जनौको संख्यामा हिट चलचित्र दिएका श्रीको पछिल्लो हिटचलचित्र “कहाँ भेटिएला थियो ” त्यसपछी उनले आफ्नै लागनीमा बनाएको चलचित्र “कोहिनूर” हो जुन चलचित्र गत शुक्रबार देखि प्रदर्शनरत छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.