बोक्सीको कथा चलचित्र ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक



काठमाडौं।
चलचित्र ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी मसिर ७ गते रिलिज हुन लागेको यो फिल्म साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’ मा आधारित छ।

दुई मिनेट ३६ सेकेन्ड लामो ट्रेलरमा एक महिलाको भोगाइलाई हृदयविदारक शैलीमा प्रस्तुत गरिएको छ। एक महिलाले नाच्ने क्रममा अचानक लडेर काम्न थालेपछि, समाजले उनलाई बोक्सीको आरोपमा विभिन्न मानसिक र शारीरिक यातना दिन थालेको देखाइएको छ।

फिल्ममा समाजसेवीको भूमिका निभाएका प्रकाश घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनेर समाजमा चेतना फैलाउन प्रयास गरेको देखाइन्छ। समाजले धामीझाक्री बोलाएर महिलालाई पीडा दिनु पर्ने अन्धविश्वासलाई फिल्ममा स्पष्ट रुपमा चुनौती दिइएको छ। प्रमुख पात्र अनुपमा भण्डारीले बोक्सीको आरोपको कारण भोग्नुपरेको त्रास र मानसिक यातना ट्रेलरमा निकै सशक्त देखाइएको छ।

फिल्मका निर्देशक घनश्याम लामिछानेका अनुसार, “मानिस बोक्सी हुँदैन” भन्ने सन्देशलाई देशव्यापी रूपमा अभियानका रूपमा अगाडि बढाउने उद्देश्यले यो फिल्म बनाइएको हो। फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला लगायतको अभिनय देख्न सकिन्छ।

‘मानिस बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको यो फिल्ममा लोकमणि पौडेलले कथा, पटकथा, र संवाद लेखेका छन् भने कोविदशरण उपाध्यायले परिकल्पना गरेका छन्। फिल्मको छायांकन दीर्घ गुरुङ, सम्पादन दीर्घ खड्का, र प्रोडक्सन डिजाइन शंकर पाण्डेले गरेका छन्। विशेष सरक्षकका रूपमा भुबनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.