एफएलएफ अवार्डको मनोनयन सार्वजनिक


काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिले आयोजना गर्दै आएको लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड’ को छैटौं संस्करणको मनोनयन सार्वजनिक भएको छ । अमेरिकामा आयोजित एक कार्यक्रममा मनोनयन सार्वजनिक गरिएको हो ।

१७ विधामा प्रदान गरिने अवार्डको मनोनयन अनुसार निर्देशनमा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, चन्द्र लिम्बु मनोनयनमा परेका छन् । त्यस्तै नायिकामा विमला खजुम, बबिता फोम्बो, रुपा आङबुहाङ, बबिता नेयोङ, नायकमा मौसम इम्बुङ, सुमन थाम्सुहाङ, आशाहाङ आङबो, सञ्जिब लिम्बु छन् ।

अवार्डमा गायन विधामा पुरुषतर्फ राजेशपायल राई, सुमन लिम्बु, असार सिङ निङलेखु छन् भने महिलातर्फ निरन्ता नेम्बाङ, मनु नेम्बाङ, अन्जु पन्त, श्रेयसी चेम्जङ छन् ।

त्यस्तै गीतसंगीतमा रिता फोम्बो, कुल्बा सुब्बा, अशोक लोहरुङ, सुवर्ण नेम्वाङ छायांकनमा सम्राट कार्की, युवराज राई, रबिन्द्र बराल मनोनयनमा परेका छन् ।

अमेरिकाको न्यूयोर्कमा भएको मनोनयन सार्वजनिक कार्यक्रममा अमेरिकामा रहँदै आएका युवा व्यवसायी, सामाजिक अभियन्ता र कलाकार केशवराम राई प्रमुख अतिथी थिए । कार्यक्रममा जुरी प्रमुख निर्देशक किशोर सुब्बा, कलाकार तथा समाजसेवी ममता राई, निर्देशक गरचा किरातको पनि उपस्थिति थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.