‘तेल भिसा’ को गीतमा विपिन,वर्षा,दिलिप, सुशील,अरूणिमा (भिडियो)


काठमाडौँ। मंसिर ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘तेल भिसा’ को गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गीतमा विपिन कार्की र वर्षा राउतसँगै थुप्रै कलाकारहरू देखिएका छन्।

पूजा चन्द, सुशील क्षेत्री, ऋचा घिमिरे, दीलिप रायमाझी, अरूणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुवँर लगायत कलाकारहरूलाई पनि भिडियोमा देख्न सकिन्छ।

सार्वजनिक गीतमा अन्जु पन्त र आशिष अविरलको स्वर छ। आशिषकै संगीत रहेको गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन्। अमेरिकामा खिचिएको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका छन्।

‘तेल भिसा’ लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रमा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, बुद्दि तामाङ, पूजा चन्द लगायतको शीर्ष अभिनय छ। ऋचा र पूजाले लामो समयपछि यही फिल्मबाट कमब्याक गरेका हुन्। सुशील, दीलिप, अरूणिमा, उषा लगायतका कलाकारहरूले भने गीतमा मात्रै अभिनय गरेका हुन्।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्। विपिन कार्कीले सिनेमामामा बृद्ध र जवान गरी दुईवटा चरित्र निर्वाह गरेका छन्। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.