नायिका नन्दिता केसी जंगबहादुरको कोटमा हट (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायिका नन्दिता केसीको हट रुप चलचित्रमा बिरलै देख्न सकिन्छ। आफ्नो एक दशक भन्दा लामो चलचित्र करिअरमा नायिका केसीले पहिलो पटक चलचित्रमा आइटम नृत्य गरेकी छिन। चलचित्र ‘जंगबहादुरको कोट’का लागि नायिका केसीले आफ्नो हट अवतार पहिलो पटक पर्दामा प्रस्तुत गरेकी हुन् । ‘आई नीड योर लभ बेबी’ भन्दै ठमेलको एक बारमा उनले नाचेकी छिन्।
Nandita-kc-jungbahadurगम्भिर बिष्टको कोरियोग्राफीमा पुरुषोत्तम प्रधानको छायांकन रहेको गीत सिनेमा चलाउने दरिलो हतियार बन्न सक्छ । चलचित्रका निर्देशक भने आशिष भेटवाल हुन्। पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका आशिषका अनुसार चलचित्रले जंगबहादुरको बिषयलाई उठान गरेको छैन। तर उनको कोटलाई भने सिनेमामा कुनै अंशको रुपमा प्रस्तुत गरिएको छ ।

आशिष अष्ट्रेलियामा नै चलचित्र बिषय पढिरहेका छन् । उनी सिने नगरीमा चम्कने तयारीमा छन् । चलचित्रमा विमलेष अधिकारी, अनुप बराल, विश्व बस्नेत, शुचित्रा आचार्य, सुवांगी कोइराला, मोहन निरौला, रश्मी भट्टको मुख्य भूमिका छ । ३० प्रतिशत दृश्य अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको अब १० दिनमा छायांकन काम सकिनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.