गन्धर्व समुदायको जीवन र सामाजिक समस्या ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक


काठमाडौँ। कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा देखाउन खोजिएको।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत,भोलाराज सापकोटा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए ।

निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए ।