जितुको ‘ज्वाइँ साब’ ले हलको शो र दर्शक थप्दै


काठमाडौं । गत असोज २४ गते बिहीबार फुलपातीको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ । अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।

फिल्मका निर्देशक वसन्त निरौलाले फिल्म प्रदर्शनको दिन आफ्नो फिल्मको अकुपेन्सी कम भए पनि सोमबारसम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रुपमा बढेको बताए । ‘पहिलो दिन ३० प्रतिशतमात्र अकुपेन्सी रहँदा तेस्रो दिनसम्म ८० प्रतिशत अकुपेन्सी बढेको छ । धेरै हलले शो पनि थपिरहनुभएको छ । फिल्म राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो’, उनले भने ।

फिल्म हेर्ने अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाई निर्माण पक्षको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.