चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा


काठमाडौँ। दशैंको अवसर पारेर आज फुलपातीको दिनबाट तीन वटा चलचित्रले प्रदर्शन थालेका छन्। चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका छन् । दशैँको लामो बिदाको अवसर पारेर आएका तिन वटा चलचित्रका आ-आफ्नै बिसेषता छन्।

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि यो सिनेमामा अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता विजय बस्याल हुन् । सिनेमामा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको सिनेमामा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा ५’ मा दीपकराज गिरी, केदार घिमिरे,वर्षा सिवाकोटी,राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन्

विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.