दर्शकको मन जित्नेमा ढुक्क शीशा युनिट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
ननस्टप क्रिएसन प्रा.लि.को व्यानरमा आर. बि.खत्री शरदले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘शीशा’ले प्रदर्शनमा आउनु हप्ता दिन अगाडिबाट प्रचारप्रसार अभियानलाई तिब्रता दिएको छ। चलचित्र युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी साउन २३ गतेबाट रिलिज हुने चलचित्रको बारेमा अझै धेरै जानकारी गराएको छ।
चलचित्रका निर्माता तथा निर्देशक आर.बि.खत्री शरदले मान्छेको जीवन शीशा जस्तै हुने भन्दै चलचित्रले मानवीय भावनालाई प्रस्तुत गरेको बताए। अभिनेता जीवन लुँइटेलले चलचित्रमा आफुले सस्पेन्स किसिमको भूमिकामा अभिनय गरेकाले दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरे।
Shisha-press-meet
मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल र विराट थापाले निर्माण गरेको चलचित्र नेपाल र सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको छ। रागिनी खड्गी, उमा बेवी, शर्मिला मल्ल, निर्मल सेञ्चुरी, दिपेश भण्डारी, बीएस राणा, श्रेया दुलाल र नीता पोखरेलको अभिनय रहेको चलचित्रमा भारतीय पूर्व फूटबल भाइचुङ भुटियालाई विशेष भूमिकामा देख्न सकिनेछ।

चलचित्रमा लक्की सिटौला र मनोज सिंहको संगीत, कमल राई र दिनेश अधिकारीको नृत्य तथा रामकुमार केसी र कुमार बखतीको छायांकन रहेको छ। आफ्नो चलचित्रमा बिसुद्ध मनोरंजन र सबै परिवार संगै बसेर हेर्न मिल्ने भएकोले दर्शकले रुचाउने र चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माण युनिट ढुक्क देखिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.