‘एक्टर: टेक वन’ र ‘कमेडी दरबार’ को टुर कार्तिक १ देखि


काठमाडौं। कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टर: टेक वन’ ले कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ। यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ।

यो प्रचारात्मक टुर कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ। कार्तिक १ गते सुनसरीको इटहरीबाट सुरु भई, २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर, र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ। चलचित्रका निर्माता थमन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिएका छन्। लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ।

प्रत्येक कार्यक्रमहरूमा चलचित्र ‘एक्टर: टेक वन’का कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी लगायतका प्रस्तुति रहनेछ भने ‘कमेडी दरबार’का कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा, हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्रा शाकी , सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता रहनेछ।

चलचित्रमा प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्देशन राजन भुसालले गरेका छन् भने कथा आकाश बराल र राजन भुसालले लेखेका हुन्।

‘अदृत फिल्म्स’ र ‘मोती फिल्म्स’को संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी र सह-निर्माता अनिश भुसाल हुन्। नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको चलचित्रमा, अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.